Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत ०२ गते, राति २:१९ बजे
काठमाडौँ - KTM

पुनर्वासका स्थानीय भन्छन- अब रात कसरी काट्ने ?

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २, आनन्दबजार । गत बिहीबार भारतीय सुरक्षकर्मीले कञ्चनपुरको पुनर्वास नगरपालिका ८ बस्ने गोविन्द गौतमलाई गोली हानेर हत्या गरेपछि अशान्त भएको आनन्दबजार अझै सामान्य हुन सकेको छैन ।

घटनालगत्तै सुरक्षकर्मी परिचालन भएकोले हाल स्थानीय बासिन्दाहरुले सुरक्षा महसुस गरेपनि सुरक्षकर्मी फर्किएपछि कसरी रात काट्ने भन्ने चिन्ता लागेको स्थानीय बासिन्दाहरु बताउँछन् ।

यो क्षेत्र सधैं असुरक्षित रहने भएकाले आनन्दबजार क्षेत्रमा सशस्त्र प्रहरीको बेसक्याम्प स्थापना गर्नुपर्ने माग उनीहरुको छ । -नेपाल समाचारपत्र