Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत ११ गते, राति १:४१ बजे
काठमाडौँ - KTM

लन्डन आक्रमणमा नेपाली सुरक्षित, तर त्रसित

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


चैत ११, काठमाडौं । लन्डनको वेस्टमिनिस्टरमा बुधबार भएको आतंककारी आक्रमणमा एक प्रहरी अधिकृतसहित चारजना मारिएका छन् ।

बेलायती संसदभवन नजिक अन्धाधुन्द कार हाँकेर गरिएको आक्रमणमा पैदल हिँडिरहेका कम्तीमा २९ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

घटनापछि बेलायतका नेपालीसमेत त्रसित छन् । ‘बेलायतमा पनि ढुक्कसँग बस्न सकिएन’ एक नेपालीले भने । उक्त आक्रमणमा हालसम्म नेपाली परेको खबर नआएको लन्डनस्थित नेपाली दूतावासका उपनियोग प्रमुख शरदराज आरणले बताए । -कान्तिपुर दैनिक