Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ चैत २५ गते, राति १:५० बजे
काठमाडौँ - KTM

वरियता विवादमा निधिले पाएनन् पार्टीको साथ, विकल्प खोजिने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत २४, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले कमल थापालाई उपपू्रधानमन्त्रीमध्ये वरिष्ठतम् भएको संकेत दिएपछि आक्रोसित विमलेन्द्र निधि मन्त्रिपरिषद्बाट बाहिरिने तयारी छन् । बिहीबार कांग्रेसबाट नियुक्त १४ मन्त्रीहरुलाई गृह मन्त्रालयमै बोलाएर अनौपचारिक छलफल गर्दै निधिले सरकारमा आफ्नो दोस्रो हैसियत सुनिश्चित नगरे मन्त्रिपरिषद्मा बस्न नहुने निजी फैसला सुनाएका थिए ।

करिब नौ महिनापहिले मन्त्रिपरिषद् गठन भएयता प्रधानमन्त्री प्रचण्डको अनुपस्थितिमा दुईपटक मन्त्रिपरिषद्को अध्यक्षता गरेको भए पनि एक महिनाअघि मन्त्रिपरिषद्मा सामेल भएका राप्रपा नेता कमल थापा निधिभन्दा वरिष्ठ भएको आधारमा उनलार्य दोस्रो हैसियतको वचन प्रधानमन्त्रीले दिएको बुझिएको छ ।

तर, निधिसँगको बैठकमा सामेल मन्त्रीहरु र पार्टी सभापति शेरबहादुर देउवाले समेत निधिको दावीलाई प्रतिष्ठाको विषय बनाउन तयार नभएपछि निधि एक्लिएका हुन् । उनको बदलामा कांग्रेसबाट गोपालमान श्रेष्ठलाई उपप्रधान तथा गृहमन्त्रीका रुपमा ल्याउने तयारी भएको बुझिएको छ । -अन्नपूर्ण पोस्ट दैनिक