Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ २२ गते, राति ३:४९ बजे
काठमाडौँ - KTM

एमाले–माओवादी एकतापछि राखिने पार्टीको नाम तय गरियो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २२, काठमाडौँ । एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकतालाई निर्णायक दिशा दिने गरी लगातार छलफल केन्द्रित गरेका छन् । 

राष्ट्रिय सभा निर्वाचन सकिएलगत्तै वैचारिक सैद्धान्तिक र संगठनात्मक एकतासम्बन्धी कार्यदल बनाएर एकतालाई ठोस दिने गरी दुई नेताले अन्तिम गृहकार्य अघि बढाएका आजको नयाँ पत्रिकामा खबर छ ।

एकिकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी 

दुई अध्यक्षबीच एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी मात्र राख्ने प्रारम्भिक समझदारी भएको छ । 

सैद्धान्तिक वैचारिक विषयमा महाधिवेशनसम्म छलफल गर्दै जाने र महाधिवेशनबाट हल गर्ने तर एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने समझदारी बनेको हो ।