Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ २६ गते, राति २:०५ बजे
काठमाडौँ - KTM

जाँदाजाँदै थप १४ करोड बाँड्ने तयारीमा प्रधानमन्त्री देउवा

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २६, काठमाडौँ । सत्ताबाट बहिर्गमनको समयमा प्रधानमन्त्री शेरबहादुर देउवाले थप आर्थिक सहायता वितरणको तयारी गरेका छन् । 

सम्भवतः अब बस्ने मन्त्रिपरिषद् बैठकले आर्थिक सहायता वितरण कार्यविधिको ठाडो उल्लघंन गर्दै राज्यको ढुकुटीबाट प्रधानमन्त्री, मन्त्री र प्रभावशाली नेताका पहुँचवाला आफन्त र कार्यकर्तालाई करिव १४ करोड रुपैयाँ बाँड्ने निर्णय गर्नेछ । 

आर्थिक अवस्था कमजोर भएका ब्यक्तिलाई उपचार खर्चबापत सोझै अस्पताललाई बिलभर्पाअनुसार मात्र रकम दिने व्यवस्था आर्थिक सहायता कार्यविधिमा उल्लेख छ ।

मन्त्रिपरिषद्ले नै बनाएको कार्यविधिको खिल्ली उडाउँदै प्रधानमन्त्री र मन्त्रीहरुले आफुखुसी कार्यकर्ता र आफन्तलाई मोटो रकम वितरण गर्दै आएका छन् ।, आजकोकान्तिपुर दैनिकमा यो खबर छ ।