Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ २७ गते, राति १:४७ बजे
काठमाडौँ - KTM

आर्यघाटमा पनि यसरी हुन्छ कमिसनको चलखेल

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २७, काठमाडौं । पशुपति आर्यघाटमा दाहसंस्कार गर्दा चाहिने सामाग्री पशुपति क्षेत्र विकास कोषले तोकेको पसलमा किन्नुपर्ने बाध्यता छ।

दाहसंस्कार गर्दा बाँस, फूलमाला, दाउरा, कात्रो, पीताम्बरलगायत सामाग्री चाहिन्छ। कोषका कर्मचारीले यी सामाग्री बेच्ने पसलबाट कमिसन लिने गरेको स्रोतको दाबी छ। यो खबर आजको नागरिक दैनिकमा छापिएको छ।

शोकमा परेका आफन्तलाई कोषका कर्मचारीले दाहसंस्कार सामाग्री फलानो पसलबाट किन्नुस् भन्दै तोकिदिने गरेका छन् ।

शोकमा परेका बेला कसैले केही नबोल्ने हुँदा त्यसको फाइदा लिन कर्मचारीको मिलेमतोमा यसो गरिएको हो।

पसल तोकिदिएबापत कोषका कर्मचारीले बिक्री भएको सामानको मूल्यअनुसार कमिसन लिने गरेका छन्।