Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ माघ २९ गते, राति २:०६ बजे
काठमाडौँ - KTM

केपी भन्छन्, नेपालको जलविद्युत क्षमता ८२ हजार ९ सय ८० मेगावाट छ

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २९, काठमाडौं । नेपालमा जलविद्युत उत्पादन क्षमता ८२ हजार ९ सय ८० मेगावाट रहेको सरकारी अध्ययनले देखाएको खबर आजको कारोबारमा छ ।

जल तथा उर्जा आयोग सचिवालयले गरेको अध्ययनले नेपालको जलविद्युत उत्पादन क्षमता यसअघि प्रचारित ८३ हजार मेगावाट बराबर रहेको देखाएको हो ।

५० बर्षअघि हरिमान श्रेष्ठले आफ्नो विद्यावारिधिको शोधपत्र लेख्ने क्रममा ८३ हजार मेगावाट उत्पादन क्षमता भएको उल्लेख गरेका थिए ।

आयोग सचिवालयले परामर्शदाता कम्पनी सिल्ड एण्ड सिम्याटलाई उत्पादन क्षमता अध्ययनको जिम्मा दिएको थियो ।

कम्पनीले ५ हजार मिटरभन्दा तल र चुरे क्षेत्रभन्दा माथिका १३ नदी बेसिनमा गरेको अध्ययनले ८२ हजार ९ सय ८० मेगावाट उत्पादन क्षमता देखाएको टोली प्रमुख केपी दुलाले जानकारी दिए ।