Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण १४ गते, राति १:४० बजे
काठमाडौँ - KTM

पछिल्लो ६ महिनामा सरकारलाई सबैभन्दा बढी कर कसले तिर्यो ?

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १४, काठमाडौँ | दूरस‌चार सेवा प्रदायक कम्पनीहरु एनसेल र नेपाल टेलिकमलाई पछ्याउदै दुई उत्पादनमूलक कम्पनी सूर्य नेपाल र गोरखा ब्रुअरीले चालू आर्थिक वर्षको छ महिनामा सबैभन्दा बढी कर बुझाएका छन् ।

यस अवधिमा नबिल बैंक, नेपाल इन्भेष्टमेष्न्ट बैंक, हिमालयन बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिजय बैंक र कृषि विकास बैंक पनि धेरै कर तिर्ने करदाताको सूचीमा परेका छन् । यस्तै, नेपाल वायुसेवा निगम पनि धेरै कर तिर्ने कम्पनीको सूचीमा रहेको ठूला करदाता कार्यालले जनाएको छ ।

एनसेल, नेपाल टेलिकम, सूर्य नेपाल, गोरखा ब्रुअरी, नबिल र नेपाल इन्भेष्टमेन्ट बैक गत वर्ष पनि सर्वाधिक कर तिर्ने करदाताको सूचीमा सूचिकृत कम्पनी हुन् । – नागरिक दैनिकबाट