Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ फाल्गुण १६ गते, राति १:५७ बजे
काठमाडौँ - KTM

एमाले-माओवादी: एकताको खाका तयार गर्न २ समिति

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन १६, काठमाडौँ । एमाले र माओवादी केन्द्रको एकतासम्बन्धी संगठनात्मक आधार र विधान तयार गर्न दुई उपसमिति बनाइएको छ ।

अन्तरिम विधान मस्यौदा कार्यदलको मंगलबार एमाले पार्टी कार्यालयमा बसेको बैठकले विधानको खाका तयार पार्न माओवादीका वर्षमान पुन र एमालेका वेदुराम भुसाललाई जिम्मेवारी दिएको हो ।

यस्तै भ्रातृ संगठनको एकता विधि तयार पार्न एमालेका गोकर्ण विष्ट र माओवादीका गिरिराजमणि पोखरेललाई जिम्मेवारी दिइएको छ ।, आजको कान्तिपुरमा यो खबर छ ।