Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७५ साउन ०७ गते, राति १:४८ बजे
काठमाडौँ - KTM

टेलिभिजन शुल्क पनि महँगियो, ५० देखि ६० च्यानल बन्द हुने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन ७, काठमाडौँ | मुल्य अभिबृद्धि करका कारण ईन्टरनेटको शुल्क महँगिएको एक साता नबित्दै सरकारले विदेशी टेलिभिजन च्यानलको अनुमति शुल्क बढाएको छ । 

विदेशी च्यानलमा लिइँदै आएको शुल्क बढेका कारण टेलिभिजनका ग्राहकको मुल्य महँगो हुने भएको हो । 

सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले साउन १ गते राष्ट्रिय प्रसारण नियमावली, २०५२ मा रहेका केही अनुसुची हेरफेर गरेर राजपत्रमा सुचना प्रकाशित गरेको छ ।

सरकारको निर्णयपछि निशुल्क प्रसारण भईरहेको ५० देखि ६० च्यानल बन्द हुने भएका छन् भने ५० हजार तिरिरहेका च्यालले ७ लाख तिर्नुपर्ने भएको छ । 

राजपत्रमा प्रकाशित नयाँ नियमावलीअनुसार सरकारले टेलिभिजन डाउनलिंकका लागि यसअघि लिँदै आएको शुल्कमा बृद्धि गरेको हो ।  

यस सम्बन्धि समाचार आजकोअन्नपुर्ण पोष्टमा छापिएको छ ।