Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ असोज १३ गते, बिहान ४:४७ बजे
काठमाडौँ - KTM

मौसम पूर्वानुमान : यी क्षेत्रमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज १३,  काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।

बङ्गालको खाडीको उत्तर पश्चिम भू-भाग, पश्चिम बङ्गाल र आसपास बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली भई एक-दुई स्थानमा वर्षा भइरहेको छ।

बिहीबार र शुक्रबार पनि देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरूमा मेघ गर्जनर चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।