Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ फाल्गुण ०२ गते, बिहान ७:३५ बजे
काठमाडौँ - KTM

भारतले फेरि लगायो ५४ चिनियाँ एपमाथि प्रतिबन्ध

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

फागुन २, काठमाडौँ । एजेन्सी । भारतले फेरि चीनमाथि ठूलो साइबर सर्जिकल स्ट्राइक गरेको छ । केन्द्र सरकारले राष्ट्रिय सुरक्षालाई खतरामा पार्ने ५४ चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो । यसमा ब्यूटी क्यामेरा र स्वीट सेल्फी एचडी जस्ता लोकप्रिय एपहरू पनि समावेश छन्।

प्रतिबन्धित एपहरूको सूचीमा सेल्फी क्यामेरा, इक्वलाइजर र बास बूस्टर, क्यामकार्ड फर सेल्सफोर्स एन्ट, आइसोल्यान्ड २ एशेज अफ टाइम लाइट, भिभा भिडियो सम्पादक, टेन्सेन्ट एक्सरिभर, ओन्मोजी चेस, ओन्मोजी एरेना, एपलक र डुअल स्पेस लाइट समावेश छन्।

इलेक्ट्रोनिक्स तथा आईटी मन्त्रालयले आफ्नो अनुसन्धानमा यी सबै एप्सले भारतीय प्रयोगकर्ताको डाटा चीन र अन्य देशमा पठाउने गरेको पाइएको थियो । यी एप्समार्फत प्रयोगकर्ताको डाटा विदेशी सर्भरमा पनि पुग्ने गरेको थियो । सरकारले गुगलको प्ले स्टोरलगायत अन्य प्लेटफर्मबाट यी एपहरू हटाउन आदेश दिएको छ ।

भारत सरकारले यसअघि २९ जुन २०२० मा चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको थियो। जुन २९, २०२० मा पहिलो डिजिटल स्ट्राइक गर्दा ५९ एपहरू प्रतिबन्धित भएका थिए। यसपछि २७ जुलाई २०२० मा ४७ एप, २ डिसेम्बर २०२० मा ११८ र नोभेम्बर २०२० मा ४३ एपमाथि प्रतिबन्ध लगाइएको थियो। सूचना प्रविधि ऐनको दफा ६९ ए अन्तर्गत सूचना प्रविधि मन्त्रालयले यी सबै एपमा प्रतिबन्ध लगाएको हो ।