Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ फाल्गुण ०४ गते, बिहान ११:४७ बजे
काठमाडौँ - KTM

नेपाली भूमि प्रयोग गरि दुबई जान लागेका भारतीय नागरिकलाई अध्यागमनको रोक

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ४, काठमाडौँ । पछिल्लो समय नेपालको भूमि प्रयोग गरेर विदेशिने भारतीय नागरिकको संख्या बढेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान हिँडेका भारतीय नागरिक राजेश रामकृष्णलाई त्रिअबि अध्यागम कार्यालयले रोकेको छ। मंगलबार दुबई जान हिँडेका उनी शंकास्पद लागेपछि अध्यागमन अधिकारीहरुले रोकेका थिए।

स्रोतका अनुसार आर ७३३२२१० पासपोर्ट नम्बर बोकेका उनले भारतीय दूतावासबाट एन‌ओसी लेटरसमेत लिएका थिएन्। ‘भारतीय नागरिक नेपाली भूमि प्रयोग गरेर नेपाल प्रवेश गरी दुबई जान हिँडेका राजेश रामकृष्ण शंकास्पद लागेपछि हामीले रोक्यौं। उहाँसँग एनओसी लेटरसमेत थिएन,’ स्रोतले भन्यो।

यसअघि सिराज मधापत राजपुत नामका भारतीय नागरिकलाई अध्यागमन अधिकारीहरुले गत शुक्रबार रोकेका थिए। भी ४३६५८४९ नम्बरको भारतीय राहदानीमा दुबई जान हिँडेका उनको राहदानी नम्बर हराएको र चोरी (स्टोलन एण्ड लस्ट ट्राभल डकुमेन्टस् डेटाबेस) भएको इन्टरपोलको सूचीमा भेटिएपछि अध्यागमनका अधिकारीहरुले उनलाई प्रस्थान अनुमति दिन अस्विकार गरेका थिए।