Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ चैत २८ गते, बिहान ९:१८ बजे
काठमाडौँ - KTM

गुजरातको केमिकल फ्याक्ट्रीमा बिस्फोट, ६ मजदुरको मृत्यु

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

चैत्र २८, काठमाडौँ | गुजरातको भारुच जिल्लामा सोमबार एक केमिकल फ्याक्ट्रीमा आगलागीका कारण बिस्फोट भएको छ । यसमा ६ मजदुरको मृत्यु भएको छ ।

घटना अहमदाबादभन्दा करिब २३५ किलोमिटर टाढा दहेज इन्डष्ट्रियल एरियामा बिहान करिब तीन बजे भएको हो ।

भारुचका एसपी लिना पाटिलका अनुसार मजनुर एक रियाक्टर नजिकै काम गर्दथे जसमा अचानक बिस्फोट भयो ।

यसले त्यहाँ भएका सबैको मृत्यु भयो । शवलाई  पोस्टमार्टमका लागि लगिएको छ ।