<p><img src="http://sajhasabal.com/uploads/posts/558599b48dc005bdbd54a54761d39f0a1474245180.jpg" style="width: 550px; float: left;">असोज ३, काठमाडौं | अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति सम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै रहेको खुलेको छ ।<br></p><p>आइतबारको मन्त्रिपरिषद बैठकमा स्वास्थ्य मन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको विषय उठाएका थिए । थापाले जिज्ञासा राखेपछि मुख्य सचिव सोमलाल सुवेदीले नियुक्तिसम्बन्धी माइन्यूट कार्यालयमै रहेको जानकारी दिएका थिए । </p><p>‘नियुक्तिको माइन्यूट हराएको थिएन । प्रधानमन्त्री कार्यालयमै छ । हामी केही दिनमै अदालतमा त्यसबारे जवाफ दिन्छौ,’ मुख्य सचिव सुवेदीले भने,‘ बाहिर भनिएजस्तो भूकम्पका कारण फाइल तलमाथि परेको होइन ।’ – कान्तिपुर </p>
‘कार्कीको फाइल भूकम्पले पुरिएको छैन, प्रधानमन्त्री कार्यालयमै छ’
Leave a Comment
Leave a Comment
