Skip to content
Sunday, July 19, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७९ फाल्गुण ०४ गते, राति ३:२२ बजे
पत्रपत्रिकाबाट

४० प्रतिशतले घट्यो वैदेशिक लगानी प्रतिबद्धता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

फागुन ४, काठमाडौँ | पछिल्लो समयमा विश्वभर देखा परेको आर्थिक सङ्कटका कारण नेपालमा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता झन्डै आधाले घटेको छ । चालू आर्थिक वर्षको सात महिनामा प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता ४० प्रतिशतले घटेको हो । 

उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको साउनदेखि माघसम्म १८ अर्ब ६३ करोड १० लाख २३ हजार रुपियाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ । सात महिनामा १४४ वटा परियोजनाबापत सो लगानी प्रतिबद्धता आएको हो । ती परियोजना सञ्चालन भए आठ हजार ६०५ जनाले रोजगारी पाउने अनुुमान गरिएको छ । गत वर्ष सो अवधिमा ३१ अर्ब १४ करोड दुई लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । यो समाचार गोरखा पत्रिकामा प्रकासित छ |