१६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक युवक पक्राउ

Posted on: 08 Jun, 2024

जेठ २६, पाल्पा । पाल्पामा १६ वर्षीया किशोरीलाई बलात्कार गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा पाल्पाको रामपुर नगरपालिका-५ पारी बेझाड बस्ने २५ वर्षीय विक्की दमाई रहेको छ |

दमाईले ती किशोरीलाई ललाई फकाई जेठ ३ गते आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय रामपुरबाट खटिएको प्रहरीले उनलाई शुक्रबार साँझ पक्राउ गरेको बताइएको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!