३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

हावाबाट बिजुली उत्पादनः गाउँ झिलिमिली

२३ असार २०७७, मंगलवार ०५:०४

असार २३, रामपुर । टुकी मात्र उज्यालोको माध्यम बनेको पाल्पाको विकट ग्रामीण क्षेत्र निस्दी गाउँपालिका ४, मित्याल क्षेत्रका बासिन्दाले हावाबाट उत्पादन भएको बिजुली उपभोग गर्न पाएका छन् । मित्यालमा दुई वर्षअघि नै परीक्षणका रुपमा हावाबाट एक हजार दुई सय वाट क्षमताको बिजुली निकालिएको थियो । अहिले मित्यालको रुक्सेभञ्ञ्याङमा सौर्यबाट १० र हावाबाट १५ किलोवाट बिजुली थपिएको छ । 

टुकीका भरमा दिनचर्या बिताउँदै आउनुभएका स्थानीयवासी झममाया सुनारी विद्युत् सेवा उपभोग गर्न पाउँदा खुशी व्यक्त गर्नुहुन्छ । उहाँले दुर्गम गाउँमा बिजुली बत्ती बाल्न पाइन्छ भन्ने कहिल्यै आशा नगरेको तर गाउँमै हावाबाट बिजुली उत्पादन गरी घर घरमा बाल्न पाउँदा अहिले गाउँ नै झिलिमिली बनेको बताउनुभयो ।

विद्युत् सेवा उपभोग गर्न पाएपछि यहाँका बासिन्दाको दिनचर्या सहज बनेको छ । स्थानीयस्तरमै हावाबाट निकालिएको विद्युत् सेवा मित्यालका काफल, मौलाथर, रुक्सेभञ्ज्याङ र झ्याल्टुङका नागरिकले प्रयोग गर्दै आएका छन् । 

 विद्युत् उत्पादन सफल भएपछि यहाँका बासिन्दा थप बिजुली निकाल्न कस्सिएका छन् । हावाबाट बिजुली निकाल्न गाउँपालिका र वैकल्पिक ऊर्जा प्रबद्र्धन केन्द्रको रु दुई करोड १५ लाख बराबर खर्च भइसकेको सौर्य तथा वायु ऊर्जा उपभोक्ता समितिका अध्यक्ष भूपेन्द्र सुनारी बताउनुहुन्छ । 

मित्याल आसपासका १४६ घर तथा गाउँपालिका कार्यालय, प्रहरी कार्यालय र  विद्यालयले विद्युत् उपभोग गर्दै आइरहेको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारु बताउनुहुन्छ । रुक्सेभञ्ज्याङडाँडामा दुई ठूला पङ्खा घुमिरहेका हुन्छन् । सोलार प्यानलसमेत राखेर दुवैबाट बिजुली निकालिएको छ । शुरुमा हावाबाट बिजुली निकाल्ने भन्दा धेरैले अविश्वास गरेका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चालु खाता र शोधनान्तर बचतमा, मुद्रास्फीति वान्छित सीमाभित्र ‘दुई सय ८ रोपनी सार्वजनिक जग्गा फिर्ता’ सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक एमाले अध्यक्षमा ओली र पोखरेलको उम्मेदवारी दर्ता कतार लैजाने तयारीमा खगेन्द्र प्रसाद र रूद्रकली हात्ती अष्ट्रेलियाको बोन्डी समुद्र तटमा भएको गोली हानाहानमा १६ जनाको मृत्यु, ४० घाइते स्रोत नखुलेको चार लाख बढी रकमसहित एक पक्राउ नेपाली शान्ति सैनिकको अदलीबदली महानगरको प्राथमिकतामा खर्च कटौती, पुँजीगत लगानी र सेवा सुधारः प्रमुख बालेन्द्र शाह मादी नदीमा महिलाको शव फेला दृढ अठोट र ऊर्जासहित आचरणशील र चरित्रवान नेतृत्वको खाँचो छ : राष्ट्रपति पौडेल सरकारले राजनीतिक दलसँग घनिष्ट संवाद गर्नुपर्छ : पूर्व प्रधानमन्त्री नेपाल कांग्रेस देश सम्हाल्ने जिम्मेवारीमा रहेको महत्त्वपूर्ण शक्ति होः महामन्त्री थापा यु–१९ एसिया कपः नेपालले बङ्गलादेशविरुद्ध ब्याटिङ गर्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सरकार दृढ छ : गृहमन्त्री अर्याल चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी एमाले महाधिवेशनः आज उम्मेदवारको मनोनयन एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड