पहिरोले सिद्धार्थ राजमार्ग र तानसेन-तम्घास सडक अवरुद्ध

Posted on: 06 Jul, 2024

असार २२, पाल्पा । अविरल वर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ ।

पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा-बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको प्रहरीले जनाएको छ ।

यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिए ।

सडकमा खसेको पहिरोको कारण दुवै सडक शनिबार बिहानैदेखि अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएसङ्गै सवारी र यात्रु बाटोमै रोकिएका छ्न ।

सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । तर, पानी परेकाले पहिरो पन्छाउन समस्या भइरहेको प्रहरीले बताए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!