Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ असोज ०६ गते, दिउँसो १२:२२ बजे
काठमाडौँ - KTM

सिचाईंमन्त्री गिरीलाई हृदयाघात, नर्भिक अस्पतालमा भर्ना

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


असोज ६, काठमाडौं । सिचाईंमन्त्री दीपक गिरीलाई हृदयाघात भएको छ । नर्भिक अस्पतालमा क्रोनरी एन्जियोप्लास्टी गरेपछि उनी अहिले आराम गरिरहेका छन् ।

बुधबार राति मन्त्री गिरीलाई हृदयघात भएको थियो । उनलाई पछि नर्भिक अस्पतालमा विहीबार दुई बजे अस्पताल पुर्‍याइएको थियो । 

कांग्रेस नेतासमेत रहेका मन्त्री गिरी नर्भिक अस्पतालको सिसियू कक्षको बेड नम्बर २०४ मा छन् । उनलाई अझै दुई-तीन दिन अस्पतालमै राख्नुपर्ने चिकित्सकहरुले बताएका छन् ।