Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

चलचित्र ‘रातो सूर्य’मा एमाले अध्यक्ष ओली ‘नायक’, पारिश्रमिक समेत दिइने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर २९, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नायकको भूमिकामा चलचित्र ‘रातो सूर्य’मा उत्रने भएका छन् । 

दिपेन्द्र प्रसाद दाहालको निर्देशनमा बन्ने चलचित्र ओलीकै जीवनीमा आधारित चलचित्र हो । ओली आफैले अभिनय गर्ने उक्त चलचित्रमा ओलीले ४५ बर्षदेखि ६५ बर्षसम्मको भूमिका निर्वाह गर्नेछन् भने अर्का कलाकार अनुपम शर्माले १६ बर्षदेखि ४५ वर्षको उमेरसम्मको भूमिका निर्वाह गर्ने भएका छन् ।

फिल्ममा १० दिनको सुटिङ समय दिनुपर्ने ओलीलाई आफ्नो भूमिका खेले बापत ओलीलाई पारिश्रमिक समेत दिइनेछ । तर ओलीलाई कति पारिश्रमिक दिने भन्ने बारे भने खुलेको छैन ।