मङ्सिर २९, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुने ग्रान्ड नेपाल फेस्टिवलमा सहभागी हुन अस्ट्रेलियातर्फ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर २९, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुने ग्रान्ड नेपाल फेस्टिवलमा सहभागी हुन अस्ट्रेलियातर्फ"/>
२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पयर्टन मन्त्री शाही अस्ट्रेलिया प्रस्थान

२०७३, २९ मंसिर बुधबार ०४:५७

मङ्सिर २९, काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाही अस्ट्रेलियाको मेलबर्नमा आयोजना हुने ग्रान्ड नेपाल फेस्टिवलमा सहभागी हुन अस्ट्रेलियातर्फ प्रस्थान गर्नुभएको छ । 

मेलबर्नमा १४ डिसेम्बर देखि २१ डिसेम्बरसम्म एनआरएनले आयोजना गरेको फेस्टिवलको प्रमुख अतिथिका रुपमा पर्यटनमन्त्री शाही गएराति अस्ट्रेलिया जानुभएको हो । उहाँका साथमा पर्यटन मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय र नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नयनसिंह महर पनि अस्ट्रेलिया जानुभएको छ । मन्त्री शाहीले आजै ग्रान्ड नेपाल फेस्टिवलको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । 

नेपालको संस्कृति र पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको ग्रान्ड नेपाल फेस्टिवलले नेपालमा पर्यटन वृद्धि गर्नका लागि महत्वपूर्ण भूमिका खेल्न सक्ने मन्त्री शाहीले प्रस्थान अघि बताउनुभयो । 

“सांस्कृतिक सम्पदाको धनी मुलुक नेपालको विषयमा अस्ट्रेलियामा फेस्टिवलको आयोजना गरिनु अत्यन्तै गौरवको कुरा हो । यो हाम्रा लागि ठूलो उपलब्धिसमेत हो,” मन्त्री शाहीको भनाइ उद्धृत गर्दै उहाँका प्रेस सल्लाहकार सुनिल सापकोटाले राससलाई जानकारी दिनुभयो । 

नेपाल फेस्टिवलमा भिक्टोरियाका बहुसंस्कृति तथा अर्थमन्त्री रबिन स्कट पनि विशेष अतिथिका रुपमा उपस्थित रहने आयोजकले जनाएका छन् । त्यहाँ रहँदा मन्त्री शाहीले केही महत्वपूर्ण राजनीतिक भेटघाट पनि गर्नसक्ने सम्भावना रहेको छ । मन्त्री शाही २१ डिसेम्बरमा स्वदेश फर्कने कार्यक्रम रहेको उहाँको निजी सचिवालयले जनाएको छ । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण कांग्रेस प्रदेशसभा सदस्य कुँवरले पदबाट राजीनामा दिए गण्डकी प्रदेशमा मन्त्रीमण्डल हेरफेर, नवनियुक्त मन्त्रीले लिए शपथ नदीमा पौडी खेल्ने क्रममा दुई जना पुरुष बेपत्ता, एकको शव फेला मन्त्रिपरिषद् बैठक बस्दै रास्वपाले संसदीय दलको बैठक बोलायो पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव हुँदैन : सभामुख अर्याल शिक्षामन्त्री पोखरेलसँग बेलायतका राजदूतको शिष्टाचार भेटवार्ता