२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कारागार कार्यालय चितवनमा उच्च सतर्कता

२०७७, १७ भाद्र बुधबार ०७:०४

भदौ १७, चितवन । कोरोनाको सङ्क्रमण बढ्दै गएपछि कारागार कार्यालय चितवनमा उच्च सतर्कता अपनाइएको छ । क्षमताभन्दा तीनगुणा बढी कैदीबन्दी रहेको कारागारमा कोरोनाको जोखिम बढेसँगै उच्च सतर्कता अपनाइएको हो ।

जिल्लामा कोरोना सङ्क्रमण बढ्दै जाँदा कैदीबन्दीमा कोरोना सङ्क्रमणको जोखिम बढेकाले उच्च सावधानी अपनाइएको कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेले बताउनुभयो । सङ्क्रमण शुरु हुने समयमा नै कैदीबन्दीलाई आफन्तसँगको भेटघाटलाई पूर्ण बन्द गरिएको थियो । गत चैत महिनादेखि नै कैदीबन्दीलाई भेटघाट बन्द गरिएको छ । 

यस्तै कैदीबन्दीलाई पैसाबाहेक अन्य केही दिन पाइने छैन । भित्र ल्याउने सामानमा समेत सेनिटाइज गरेर मात्र पठाइने गरिएको छ । कर्मचारीलाई अत्यावश्यक कामबाहेक कार्यालय नआउन र घरमै बस्न भनिएको काफ्लेले जानकारी दिनुभयो । अस्पताल र कारागार पठाउनैपर्ने जटिल बिरामीलाई पिसिआर परीक्षण गरेर मात्र पठाउने गरिएको छ भने अन्य बिरामीलाई आन्तरिकरुपमा औषधिको व्यवस्था गरेर अस्पताल पठाउन बन्द गरिएको छ ।

चिकित्सकले सिफारिस गरेका औषधि कारागारमै ल्याएर नियमित खानेलाई दिने गरिएको छ । औषधि खानेलाई एउटा ब्लक, सरूवा रोग भएकालाई अर्काे र अदालतबाट नियमित आउने थुनुवालाई क्वारेन्टिनका रुपमा छुट्टै ब्लकमा राख्ने गरिएको काफ्लेले जानकारी दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले लकडाउन शुरु भएयता नै कारागारमा उच्च सावधानी अपनाइएको बताउनुभयो । नयाँ कैदीबन्दी थपिँदा पिसिआर अनिवार्य गरिएको छ भन्दै उहाँले खाद्यान्न लिएर जानेबाट रोग सर्छ कि भन्ने चिन्ता रहेको जानकारी दिनुभयो । उनीहरुलाई पनि विशेष सावधानी अपनाउन भनिएको उहाँको भनाइ छ । कारागारमा धेरै कैदीबन्दी भएकाले सङ्क्रमण छिरेमा नियन्त्रणमा कठिनाइ हुने भएकाले सबैको साथ र सहयोग आवश्यक रहेकाे भट्टराई बताउनुहुन्छ  ।

अहिले कारागारमा ६८६  कैदीबन्दी  छन् । तीमध्ये ५५  महिला र ६२८  पुरुष  छन् । एक आश्रित बच्चा रहेको काफ्लेले बताउनुभयो । महिलाको क्षमता २५ र पुरुषको क्षमता २५५  छ । तीमध्ये नियमित औषधि सेवन गर्ने दीर्घरोगी कैदीबन्दी १८२ जना छन् । नियमित औषधि खानेमा मुटु रोगका छ, उच्च रक्तचापका ७५ , मधुमेहका ६३ , क्षयरोगका दुई , थाइराइडका ११ , युरिक एसिडका १७ , छारेरोगका दुई, एचआइभीका तीन र मानसिक रोगी तीन जना छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी