Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

नेपाल पत्नी गायत्री किन थुनिइन् टर्कीमा ?

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर ३०, काठमाडौं | बीस दिन अघि टर्कीको इस्तानबुल विमानस्थलमा अपमान ढंगले करिब २० घन्टा अध्यागमनको थुनामा परेकी पूर्वप्रधानमन्त्री माधव नेपालकी पत्नी गायत्री उक्त घटनाको पीडाले अझै रन्थनिइरहेकी छन्। आफूमाथिको घटना संयोग या षड्यन्त्र जे पनि हुनसक्ने भन्दै उनले यथार्थ बाहिर नआएसम्म केही नबोल्ने बताएका छन् ।   

मंसिर ११ देखि सुरु हुने वर्ल्ड पिस फाउण्डेसनको कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पत्नी गायत्रीसहित ९ जनाको टोली त्यसतर्फ प्रस्थान गरेको थियो । तर काठमाडौंबाट टर्कीसम्म सामान्य अवस्थामा पुगेकी गायत्रीले त्यहाँ भने निक्कै कष्ट ब्यहोर्नुपरेको थियो ।

गायत्रीको पासपोर्टमा सुरक्षा निकायले प्रश्न उठाएपछि उनले इस्तानबुलकै अध्यागमनमा २० घन्टा थुनिनुपर्‍यो।

न्यूयोर्क उड्न विमानको प्रतिक्षा गर्दै इस्तानबुल विमानस्थलको बिजनेश कक्षमा बसुन्जेल गायत्रीलाई बाहिर आफ्नो खोजी भइरहेको छ भन्ने थाहा थिएन।

गायत्रीको पासपोर्ट नम्बर इन्टरपोलको कालोसूचीमा रहेको देखिएपछि उनीमाथी टर्किस प्रहरीले शंका गरेको थियो । कुटनीतिक राहदानी बोकेको र आफू पूर्वप्रधानमन्त्री पत्नी भएको बताउँदा पनि अध्यागमनले छोड्न मानेको थिएन ।

तर नेपालको प्रहरी र अमेरिकास्थित दूतावासको सक्रियतामा इन्टरपोलमार्फत उनलाई क्लियरेन्स आएपछि २० घण्टापछि उनी अमेरिका उडेकी थिइन् । -अन्नपूर्ण