२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय निर्वाचन गर्न तीन दलबीच सहमति भइसक्यो : देउवा

२०७३, ३० मंसिर बिहीबार ०७:१०

मंसिर ३०, चितवन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गाउँ विकास समितिलाई गाउँपालिका बनाएर अहिलेकै संरचनामा निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताउनुभएको छ । 

नेपाली काँग्रेस चितवनको सङ्गठन सुदृढिकरण एवम् जागरण अभियान २०७३ को आज यहाँ उद्घाटन गर्दै उहाँले नेकपा ९एमाले०का अध्यक्ष केपी ओली, ९माओवादी केन्द्र०का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र आफ्नो बीचमा गाउँपालिकाको निर्वाचन गर्न सहमति भएको दोहो¥याउनु भयो । 

उहाँले संविधान कार्यान्वयन गराउन तीन तहको निर्वाचन हुनैपर्ने भएकाले यस विषयमा तीन दल एकमत भएको बताउनुभयो । मुलुक अब चुनावको दिशामा गइसकेको भन्दै उहाँले १४ महिनाभित्रमा तीन तहको निर्वाचन नभए देशमा संवैधानिक सङ्कट आउने उल्लेख गर्नु भयो । 

उहाँले भन्नुभयो “अब यसलाई कसैले टारेर टर्दैन ।” स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन सकेर राष्ट्रिय सभा र राष्ट्रपतिको निर्वाचन हुन्छ । 

नेकपा एमालेका अध्यक्ष ओली र काँग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाले हस्ताक्षर गरे अनुरुप नै सीमाङ्कन हेरफेर गरेर संशोधन प्रस्ताव पेस गरिएको उहाँले स्पष्ट पार्नु भयो । 

एमालेले प्रस्ताव पास हुने डरले संसद् चल्न नदिएको र जनता उचालेको उहाँको भनाइ थियो । सभापति देउवाले संशोधन प्रस्ताव फिर्ता नहुने बताउँदै भन्नुभयो “काँग्रेस र माओवादी संशोधन प्रस्ताव कुनै पनि हालतमा फिर्ता लिने पक्षमा छैनन् ।” 

आफ्नै पार्टीभित्रको प्रशङ्ग कोट्याउँदै उहाँले अब पार्टीभित्र गुट उपगुट भन्दा पनि मूल्याङ्कनको आधारमा पार्टीका सारथीलाई अगाडि बढाउने बताउनुभयो । 

“गाउँ तहसम्म जो सक्रिय छ, त्यसैलाई अगाडि बढाउनुहोस् । चुनाव जसरी पनि जित्नुपर्छ ।” उहाँले भन्नुभयो । 

कार्यक्रममा महामन्त्री डा शशाङ्क कोईरालाले देशको विगतलाई हेर्दा जुन बेला राजनीतिकस्थिरता आयो त्यतिबेला मात्रै विकास भएको बताउनुभयो । उहाँले भन्नुभयो “बिपीको १८ महिने सरकार र गिरिजाप्रसाद कोइरालाको नेतृत्वकालमा जे–जति नीति निर्माण र विकास भए अहिलेसम्म हुन सकेको छैन ।” बिपी कोइरालाले नेपाललाई चिन्ने हो भने गाउँलाई हेर्नुपर्छ भनेको प्रशङ्ग कोट्याउँदै उहाँले गाउँबाट सङ्गठन सुदृढ बनाउन आग्रह गर्नु भयो । 

काँग्रेसलाई पहिलो पार्टी मात्रै नभएर बहुमतको पार्टी बनाउन केन्द्रबाट गर्ने सहयोग गर्न तयार रहेको भन्दै उहाँले गुट उपगुट छाडेर सङ्गठन विस्तारमा जोड्न कार्यकर्तालाई निर्देशन दिनुभयो । 

सो अवसरमा केन्द्रीय सदस्य एवम् परराष्ट्रमन्त्री डा प्रकाशशरण महतले अन्तर्राष्ट्रिय जगतमा नेपाललाई सगरमाथाको देश र संस्कृतिक धरोहर मात्रै भनेर अब चिनाइराख्नु नहुने भन्दै आर्थिक समृद्धि र विकास गरेर विश्वको नमुना देश बनाउनुपर्ने बताउनुभयो । 

संविधान कार्यान्वयन नभएसम्म देशको विकास हुन नसक्ने भन्दै उहाँले यसका लागि सबै दलको बीचमा सहमति जरुरी रहेको विचार राख्नु भयो । 

कार्यक्रममा काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले १३ औँ जिल्ला अधिवेशनपछि पाँच हजार जना अन्य दलबाट काँग्रेसमा प्रवेश गरेको भन्दै उनीहरुलगायत काँग्रेसलाई पनि प्रशिक्षण हुने गरी दुई महिने अभियान सुरु गरेको बताउनुभयो । 

सो अवसरमा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेल, नवलपरासीका सभापति विष्णु लामिछाने, चितवनका पूर्व सभापति टेकप्रसाद गुरुङ, सांसद रामकृष्ण घिमिरे, शेषनाथ अधिकारी, विष्णुमाया परियारलगायतले काँग्रेसको सङ्गठन बिस्तार बारेमा बोल्नुभएको थियो । 

कार्यक्रममा उद्योग वाणिज्य सङ्घ चितवनका तृतीय उपाध्यक्ष विष्णु कँडेल र व्यवसायी धनप्रसाद पोखरेल नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता