2026-06-25 07:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संशोधन विधयक फिर्ता लेऊ – नेता केसी

मंसिर ३०, बागलुङ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक फिर्ता लिन सरकारलाई आग्रह गर्नुभएको छ । 

प्रगतिशील पत्रकार सङ्घले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले विधेयक पारित नहुने जिकिर गर्नुभयो । 

“संविधान संशोधनको प्रस्ताव त्रुटिपूर्ण छ, यसलाई सच्चाउनुपर्छ”, नेता केसीले भन्नुभयो – “सरकारले यसलाई तुरुन्त फिर्ता लिओस्, नत्र मुलुक झन सङ्कटमा फस्छ ।” विधेयकमा समावेश भएका बुँदाले राष्ट्रियता कमजोर पार्ने तर्क गर्दै उहाँले त्यसलाई जनताले अस्वीकार गर्नेमा जोड दिनुभयो । 

संशोधनमा उल्लेखित प्रदेश नं ५ को विभाजन, अङ्गीकृत नागरिकता, भाषालगायतका विषयले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतालाई कमजोर पार्ने पनि नेता केसीले बताउनुभयो । 

आफू र आफ्नो पार्टी सङ्घीयता खारेजीको मुद्दामा अडिक रहेको र अन्य दल पनि सङ्घीय प्रणालीमा निर्वाचन गर्न असम्भव देखेपछि पुरानै संरचनामा फर्कन सहमत भएको उहाँले बताउनुभयो । 

“हामीले विगत आठ वर्षदेखि सङ्घीयता विरोधी आन्दोलन चलाइरहेका छौँ, नेपाली जनताले सङ्घीयता चाहँदैनन् भन्ने कुरा प्रदेश नं ५ को आन्दोलनले प्रमाणित गरेको छ” – नेता केसीले भन्नुभयो । 

आफूहरु सङ्घीयता नभई प्रजातान्त्रिक विकेन्द्रीकरणको पक्षमा रहेको पनि उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ