Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ मंसिर ३० गते, दिउँसो १:०० बजे
काठमाडौँ - KTM

‘चौबिस घण्टे आमहड्ताल’को घोषणा

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

मंसिर ३०, बुटवल । प्रदेश नम्बर ५ बाट पहाडी जिल्लाहरु टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संसोधन विध्येकको विरुद्वमा संयुक्त संघर्ष समितिको आयोजनामा २४ घण्टे आम हडताल घोषण गरिएको छ । 

प्रदेश नम्बर ५ का १३ वटै जिल्लामा पुस १ गते शुक्रबार विहान ६ बजे देखि ३ गते साँझ ६ बजे सम्मको लागि  २४ घण्टे आम हड्तालको घोषणा गरिएको छ ।  विहिवार साँझ बुटवलमा संयुक्त संघर्ष समितिको आयोजनामा भएको सिटी जुलुस प्रश्चात आयोजना गरिएको  सभालाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य खिमलाल भट्टराईले प्रदेश टुक्राउने विध्येक फिर्ता नभएसम्म आन्दोलन चर्काउनको लागि तयार रहन सम्पूर्ण प्रदेश नम्बर ५  बासीहरुलाई आग्रह गरे । 

बुटवलको राजमार्ग चौराहबाट सुरु भएको सिठी जुलुस बुटवलको  पुष्पलाल पार्कमा आएर कोण सभामा परिणत भएको थियो । संयुक्त संघर्ष समितिको आयोजनामा शुक्रवार विहान ७ बजे राजमार्ग चौराहबाट संयुक्त जुलस समेत निकाल्ने तयारी गरिएको नेकपा एमाले निर्वतमान जिल्ला अध्यक्ष भोज प्रसाद श्रेष्ठले जानकारी दिए ।