Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

बिप्लव, बैद्य र मोहनविक्रम माओवादीबीच कार्यगत एकता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १, काठमाडौँ । राष्ट्रियताका विषयमा तीन कम्युनिस्ट दलले कार्यगत एकता गरेर जाने निर्णय गरेका छन् । 

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), मोहनविक्रम सिंह नेतृत्वको नेकपा(मसाल) र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)बीच भारतीय पक्षबाट जलस्रोत तथा प्राकृतिक स्रोत साधनमाथि गरिएको भनिएको अतिक्रमणको विरोधमा कार्यगत एकता गरी संयुक्त रुपमा आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरिएको तीनै दलका नेतृत्वले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

अक्टोबर क्रान्तिको शतवार्षिकी र पार्टी स्थापना दिवस आगामी वैशाख ९ गते संयुक्त रुपमा मनाउने समेत तीन दलले निर्णय गरेका छन् । रासस