Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष ०२ गते, राति ३:४९ बजे
दाङ्ग - DNG

राष्ट्रिय जनमार्चा दाङलाई ठुलो झट्का

k By kit 8 मिनेट पढाइ

पढ्न करिब 3 मिनेट लाग्छ
प्रकाशित:

राजमो जिल्ला सदस्य सहित डेढ दर्जनबढी नेता कार्यकर्ताहरुद्धारा पार्टी परित्याग

दाङ २ पुस । नेकपा मसाल अन्र्तगत राष्ट्रिय जनमार्चा सहित विभिन्न जनबर्गीय संगठनमा लामो समय देखि निरन्तर रुपमा विभिन्न जिम्मेवारीमा रही सकृय भुमिका निर्वाह गदै आईरहेका डेढ दर्जन बढी नेता कार्यकार्ताहरुले शुक्रबार एक सयुक्त प्रेस विज्ञप्ती जारी गरी पार्टी परित्यागको घोषणा गरेका छन् ।

दुई सय बर्ष पुरानो माक्र्सबादलाई हुबहु प्रयोग गर्न खोज्ने कम्युनिष्ट जडसुत्रबादबाट अगाडी बढ्न नसकेको तथा आफूलाई कठोर कम्युनिष्ट भन्नेहरुमै व्यापक नाताबाद, कृपाबाद, निम्न पुँजीबाद चिन्तनले ग्रस्त भएको र समयकाल परिस्थिति अनुसार पार्टी र नेताहरु परिवर्तन हुन नसकेको भन्दै राष्ट्रिय जनमार्चा जिल्ला समिती दाङका सदस्य तथा राजमो दाङ क्षेत्र नम्बर २ का इन्चार्ज होमप्रसाद शर्मा सहित डेढ दर्जनबढी नेता कार्यकर्ताहरुले सयुक्त बिज्ञप्ती जारी पार्टी परित्यागको घोषणा गरेका हुन् ।

यसरी पार्टी परित्याग गर्नेहरुमा नेकपा मसालका पूर्व केन्द्रिय प्रशिक्षक ढकबहादुर महत्तरा, राजमो पूर्व जिल्ला सदस्य दिलबहादुर महत्तरा क्षेत्री, राजमो गोबरडिहा गाउँ कमिटी सदस्य दिपक पोख्रेल, प्रगतिशिल पत्रकार संघका जिल्ला सह—सचिव सन्तोषकुमार गुप्ता, संघका जिल्ला सदस्य बिदुर एमसी, अखिल नेपाल युवक संघका पूर्व क्षेत्रिय सचिव बसन्तकुमार चौधरी, राजमो क्रियााशिल सदस्यहरु अमृता शर्मा, राजकुमार घर्ती, दानुमाया एमसी, पम्फा गौचन, अखिल छैठौँका अनुप एमसी र कृष्ण गौचन रहेका छन् । उनीहरुले सयुक्त विज्ञप्ती मार्फत स्वतन्त्र नागरिकको घोषणा समेत गरेका छन् ।

पार्टीको मुल निति, नियमावली, विधान र घोषणा—पत्र तथा दिर्घकालिन रणनिति विपरित व्यक्तिबाद, परिवारवाद, चरित्रमा सामन्तबाद, पुँजीबादको बिरोध गर्ने तर पुँजी कमाउन तल्लिन, जनतालाई केही दिने भन्दा पनि कसरी पैसा असुल्ने र मासिक एक हजार नबुझाउने व्यक्तिलाई पार्टी सदस्य हुन नसक्ने जस्ता कुराहरु मन्तव्यबाट कार्यकर्ता प्रशिक्षण गर्ने क्रियाकलाप हावी रहेको विज्ञप्ती मार्फत आरोप लगाएका छन् । नेतृत्व तहमा काम गर्ने जिम्मेवार व्यक्तिलाई पार्टी र उसको नितिप्रति अविश्वास, कार्यकर्ताहरु प्रति नेतृत्वको हेपाहा प्रबृति समेत रहेको विज्ञप्तीमा उल्लेख छ । विगतमा संविधानसभाको निर्वाचनमा एकै घरका तीन जना सदस्यको नाममा सभासद्को टिकट ल्याउने गरेको समेत खुलासा गरिएको छ । पार्टी भित्र सङक्रिन र नाताबाद, कृपाबादमा तल्लिन, यथास्थितबाद पार्टी उन्मुख भएको, पार्टीमा आउने नयाँ विचारलाई अगाडी आउन नदिने, यथास्थितिमा रमाउने नेतृत्व, पार्टीमा भएको जनबादलाई दबाएर केन्द्रियता लाद्ने गरेको विज्ञप्ती मार्फत आरोप लगाएका छन् । त्यसैगरी सामन्तबादी प्रबृत्तिबाट पार्टीलाई अगाडी बढाउनुको सट्टा नेतृत्वले जनताको वास्तविक आर्थिक अवस्था पहिचान गरेर त्यस अनुसार आन्दोलन, संघर्ष अगाडी बढाउन नसकेको, पार्टीको लामो सघर्ष र आन्दोलनबाट जनतालाई उपलब्धि प्रदान गर्न नसकेको र बामपन्थी एकताबाट टाढा रही सिमित घेराबाट पार्टी सञ्चालन गरेको लगायतका आरोप लगाउँदै उक्त पार्टीको कुनै पनि पदमा रहेर काम गर्न जनता र देशप्रति धोखा—बेईमानी सम्झी स्वतन्त्र जीवन निर्वाह गर्दा उपयुक्त ठानी उक्त पार्टीबाट यसै विज्ञप्ती मार्फत सामुहिक राजिनामाको घोषणा गर्दछौँ भनिएको छ ।

त्यसैगरी विभिन्न पार्टीका दुई जनाले पनि प्रेस विज्ञप्ती जारी गरी पार्टी परित्याग गरेको घोषणा गरेका छन् । यसरी पार्टी परित्याग गर्नेहरुमा बिप्लप माओवादीका पूर्व जनकपुर ब्युरो सदस्य सुरजबहादुर सोनाम र   नेकपा माओवादी केन्द्र निकट महिला संघकी पूर्व केन्द्रिय सदस्य तेजु सोनामले पार्टी परित्यागको घोषणा गरेका हुन् ।