Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष ०२ गते, दिउँसो १:५९ बजे
नवलपुर - NWL

नवलपरासीमा ओलीलाई फाँसीः भोली अन्येष्टी गरि दहि चिउरा खाने कार्यक्रम

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

पुस २, परासी | सुनेर अचम्म लाग्न सक्छ । अलिहेसम्म जिउँदो मानिसलाई मात्र कुनै पनि देशले सजायको रुपमा फासी दिने गरेको पाइए छ । तर यसपालो नवलपरासीमा फरक तरिका अपनाईदै केहि नेताहरुलाई फाँसी दिइएको छ । 

आज सदरमुकाम परासीमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले केपी ओली, टोप बहादुर रायमाझि र चन्द्र भण्डारीको पुतला बनाई फाँसी दिएको छ । ति नेताहरुको अभिव्यक्ति मधेश विरोधी रहेको मोर्चाले आरोप लगाउदै तिनका पुतलाई फाँसी दिए झै बजारी बजारको बुद्धचोक स्थित एक रुखमा झुण्डाइएको छ ।

सरकारले मधेशका जिल्लालाई मात्र समेटर प्रदेश नं. ५ बनाउने गरि संविधान संसोधन प्रस्ताव दर्ता गरेको विरोधमा उत्रिएका एमाल र केहि नेताहरुको मोर्चाले चर्को विरोध गर्दै पुतलाई फांसि दिएको बताए । मोर्चाका अनुसार आज फाँसि दिइयो भोली पुतला दहन गरि अन्त्येष्टिा समेत गरिने छ । सा पुण्यतिथी भोली नै पारी शोकमा मोर्चाका कार्यकर्ताहरुलाई दहि चिउरा समेत खुवाउने तयारी भएको जनाएको छ ।

एमालले आव्हान गरेको बन्दलाई मोर्चाले प्रतिकार गर्दै हिजो परासीमा एमालेको झण्डा जलाएका थिए । मोर्चाले ओली मधेसी, थारु र जनजाति लगायत समुदायको अधिकार खोस्न खोजेको आरोप लगाउदै जो कोई पनि मधेस विरोधि अभिव्यक्ति निले हामी उसको पनि विरोध गर्दै यस्तै पुतला फाँसी दिने बतायो ।