२०८३, ३ बैशाख बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘ढुक्क हुनोस् संविधान संशोधन हुन्छ, र निर्वाचन पनि हुन्छ’

२०७३, ५ पुष मंगलवार ०९:५६

पुस ५, काठमाडौं । संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नेगरि तयारी थालेको खुलासा गरेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री पाण्डेले सरकारले स्थानीय तहकै निर्वाचन पहिले गर्ने तयारी गरिरहेको स्पष्ट पारे । उनले भने,‘सरकारले पहिले स्थानीय तहकै निर्वाचन गर्छ, स्थानीय तह पूर्नसंरचना आयोगले रिपोर्ट दिने बित्तिकै हामी निर्वाचनको तयारीमा जुट्छौं ।’

मन्त्री पाण्डेले संविधान कार्यान्वयनको लागि पनि आगामी ०७४ माघ ७ गतेभित्रै तीन वटै निकायको निर्वाचन सम्पन्न गर्ने सरकारको तयारी रहेको बताए ।

उनले सरकारले सकेसम्म चैत्रभित्रै स्थानीय तहको निर्वाचन गर्ने लक्ष्य लिएको समेत स्पष्ट पारे । उनले आयोगले दिएको रिपोर्ट सरकारले बुझ्ने समेत स्पष्ट पारे ।

उनले प्रतिपक्षी दलको संसद अवरुद्धका कारण निर्वाचनसम्बन्धी विद्येयक तथा ऐनहरु पनि संसदमा टेबुल हुन नपाएको गुनासो पोख्दै भने,‘अहिले संसद अवरुद्ध छ, संसद अवरुद्ध खुलाउनको लागि प्रधानमन्त्रीले पहल गरिरहनुभएको छ, सभामुखले पनि पहल गरिरहुनभएको छ ।’

उनले संसदको जारी गत्यावरोधपनि आगामी ७ गतेविहानभित्रै हल हुने समेत विश्वास व्यक्त गरे । मन्त्री पाण्डेले भने,‘सभामुखको कार्यकक्षमा भएको तीन दलको बैठकलाई विचार गर्दापनि ७ गते विहानसम्म सहमति हुन्छ भन्ने विश्वास छ ।’

उनले मधेशी मोर्चा लगायत थारुहरुपनि चुनावमा सहभागी हुनेमा सरकार विश्वस्त रहेको बताए । मधेशी, जनजाति, आदिवासीहरुको समस्या समाधान गर्नको लागि सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको र संसदको कार्यसूचिमा परिसकेकोले यो प्रस्ताव कुनै हालतमा फिर्ता नहुने उनले जिकिर गरे ।

उनले संशोधन प्रस्ताव परिमार्जनको लागि बहस गर्न सकिने तर फिर्ता नहुने भनेर स्वयम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि बोलिसकेकोले प्रस्ताव फिर्ता नहुने स्पष्ट पारे । उनले सरकारले भुकम्पपीडितहरुको राहतको लागि र पूर्ननिर्माणको लागि सरकारले काम गरिरहेको बताए । यद्धपी सरकारले चाहेकोजसरी काम हुन नसकेको उनले स्विकार गरे ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला अहिलेको संविधानप्रति सरकार पूर्ण बफादार छ: अर्थमन्त्री वाग्ले नेप्सेमा गिरावट बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार ! सभामुखलाई भेट्न पुगे विपक्षी दल संसदीय समितिका सभापतिका लागि रास्वपाले टुंग्यायो नाम कांग्रेसको संसदीय दलको बैठकमा प्रतिपक्ष दलको बैठक सुरु रास्वपाको संसदीय दलको बैठक सुरु कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु पूर्वमन्त्री खड्काको बन्दीप्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदै सुन-चाँदीको मूल्यमा वृद्धि यूएईले दियो १२८ जना नेपालीलाई आममाफी गृहमन्त्री गुरुङ र जापानी राजदूत तोरुबीच भेटवार्ता पूर्वऊर्जामन्त्री खड्काको बन्दीप्रत्यक्षीकरण रिटमा फाइल झिकाउन सर्वोच्चको आदेश मुद्दा विचाराधीन भएको अवस्थामा कुनै पनि समितिले मलाई स्पष्टीकरण सोध्नु भनेको हास्यास्पद छ: खड्का परराष्ट्र मन्त्री खनालसँग जर्मनीका राजदूतको शिष्टाचार भेटवार्ता शुक्रबार संसदीय समितिका सभापतिको निर्वाचन पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो स्पष्टीकरण