२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल बेवारिसे अवस्थामा बरामत, एक युवक पक्राउ

२०७३, ५ पुष मंगलवार ११:४२

सरु शर्मा/पुष ५, परासी । नेकपा एमाले सम्वद्ध युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा प्रयोग भएको मोटरसाइकल बेबारिसे अवस्थामा फेला परेको छ । 

घटनास्थल देवदहको खैरहनी बजारबाट दक्षिणी पश्चिमी क्षेत्र मणिग्रामको कान्छी बजारमा बा ५१ प ८०७३ नम्बरको मोटरसाइकल बरामद भएको रुपन्देहीका डिएसपी एवम् प्रवक्ता बेलबहादुर पाण्डेले बताउनुभएको छ  । उहाका अनुसार बरामद मोटरसाइकल १ सय ५० सिसीको रातो रंगको छ । घटनापश्चात भित्री बाटोको प्रयोग गर्दै भागेका आक्रमणकारीहरुले मुख्य राजमार्गहरुमा प्रहरी गस्ती देखेपछि मोटरसाइकल स्टार्ट अवस्थामै छाडेर भागेको प्ररम्भिक अनुसन्धान खुलेको पाण्डेले बताउनुभएको छ ।

मोटरसाइकलको ‘चालक’ यती हतारमा देखिन्छ कि मोटरसाइकलबाट साँचो समेत ननिकाली स्टार्ट अवस्थामै छाडेर भागेको देखिन्छ उहाले भन्नुभयो ‘मोटरसाइकल फेला परेको स्थानले अपराधीले गोली हानेर घटनास्थलबाट दक्षिणी पश्चिमी क्षेत्र तर्फ भागेको देखिन्छ’ ।  उहाले घटनालाई गम्भिरताका साथ अनुसन्धान गरिरहेको बताउदै दोषीलाई छिट्टै पक्राउ गर्ने बताउनुभएको छ ।   

घटनाको अनुसन्धानका क्रममा प्रहरीले भैरहवाको एक युवकलाई पक्राउ गरेको स्रोतले बताएको छ । पक्राउ परेको युवाका साथै अन्य बिभिन्न शकांस्पद व्यक्तिहरुसँग पनि प्रहरीले सोधपुछ गरिरहेको छ । यसैबीच घटनाको अनुसन्धानका लागि काठमाडौंबाट राष्ट्रिय अनुसन्धान विभागको एक टोली पनि रुपन्देही आइपुगेको छ । र, टोली जिल्लाको विभिन्न भागमा छरिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरीले स्रोतले बताएको छ ।

यता घटनाको बिरोधमा लुम्बिनि अन्चलका  सबै जिल्लामा आज बन्द आह्वान गरीएको छ भने  रुपन्देही अनिश्चित कालका लागि बन्द आह्वान गरीएको छ । सोही अनुसार आज अन्चलका बिभिन्न स्थानमा बिरोध प्रर्दशन भैरहेको छ । नवलपरासीमा पनि बिरोध प्रदर्शन गरीएको छ। पुर्ब  पश्चिम राजमार्ग ठप्प छन् भने आज शैक्षिक सँस्था ठप्प पारेका छन् । पाँच नम्बर प्रदेश टुक्रयाईएको बिरोधमा भएको बन्दका कारण हैरानि खेपेका सर्बसाधारणले लगत्तै हत्याको बिरोधमा आज  फेरी बन्द झेलेका छन् । 

तिवारीलाई रुपन्देहीको देवदह नगरपालिका ढेकावार कोलीयामा मोटरसाइकलमा आएका दुई अज्ञात ब्यक्तिले गोली प्रहार गरेका थिए । दिउँसो करिव साढे ३ बजे रातो पल्सर बाइकमा आएका २ अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरी भागेका थिए ।  देब्रे कोखमा गोली लागी गम्भीर घाइते भएका तिवारीको देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ संसदमा विपक्षीको चर्को नाराबाजी संसदमा विपक्षी दलले खोजेपछि प्रधानमन्त्री भेट्न पुगे सभामुख अर्याल