पुस ८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरूद्धको मुद्दामा सर्वोच्च अदालतमा यही पुस २१ गते पुनःसुनुवा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस ८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरूद्धको मुद्दामा सर्वोच्च अदालतमा यही पुस २१ गते पुनःसुनुवा"/>
2026-06-25 08:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोकमानविरुद्धको मुद्दाको सुनुवाई पुस २१ गते

2016-12-23

पुस ८, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरूद्धको मुद्दामा सर्वोच्च अदालतमा यही पुस २१ गते पुनःसुनुवाइ हुने भएको छ । 

न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा लोकमानसिंहविरुद्धका मुद्दामा सुनुवाइ बिहीबारदेखि सुरु भएको हो । उनका तर्फबाट आज अधिवक्ता बालकृष्ण न्यौपाने र माधव बस्नेतले बहस गरेका छन् । 

रिट निवेदक ओमप्रकाश अर्यालका तर्फबाट अधिवक्ता रमेश बडाल, डा सुरेन्द्र भण्डारी, टीकाराम भट्टराई, गोविन्द बन्दी, डा चन्द्रकान्त ज्ञवाली, शम्भु थापा, रवि खनाल, सुनिल पोखरेल, विजय मिश्रलगायतले बिहीबार बहस गरेका थिए । 

लोकमानसिंहको नियुक्ति संविधान विपरीत भएको जिकिर गर्दै अधिवक्ता अर्यालले रिट निवेदन दायर गर्नुभएको थियो । खारेज भइसकेको अधिवक्ता अर्यालको निवेदन सर्वोच्च अदालतले पुनरवलोकन गर्ने निर्णय गरेको थियो । 

लोकमानसिंहका पक्षबाट बिहीबार सहमहान्यायाधिवक्ता किरण पौडेलले बहस गर्नुभएको थियो । उहाँको नियुक्ति संविधानसम्मत भए/नभएको सुनुवाइपछि निर्णय आउनेछ । पूर्व कानुन सचिव प्रमोद कार्कीविरुद्ध पनि अदुअआका निलम्बित प्रमुखको मुद्दाका सिलसिलामा म्याद तामेलीमा अवरोध गरेको अभियोग लागेको छ । 

यसैबीच अदालतले लोकमानसिंह र पूर्व कानुन सचिव प्रमोदलाई आफ्नो मुद्दामा वारेस राख्न पाउने सुविधा दिएको छ । मुद्दामा आफैँ स्वयम् उपस्थित हुनु नपर्ने सुविधा आजको पूर्ण इजलासले उनीहरुलाई दिएको हो । यसअघि उनिहरु आफैँ मुद्दाको पेसी बुझ्न आउनुपर्ने हुन्थ्यो । 

म्याद तामेली अवरोध गरेको मुद्दाको सुनुवाइपछि कार्कीद्वयलाई वारेस राख्ने सुविधा दिएको हो । आफ्नो मुद्दाको वारेस बुझ्न आएका कार्कीविरुद्ध दुव्र्यवहार भएपछि कार्की पक्षका अधिवक्ताले वारेस राख्न पाउनुपर्ने निवेदन दिएका थिए । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ