पुस ९, सिन्धुली । ऊर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ हटाएर अब नेपाललाई उज्यालो नेपाल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् । 

प्रेस से"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

पुस ९, सिन्धुली । ऊर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ हटाएर अब नेपाललाई उज्यालो नेपाल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् । 

प्रेस से"/>

२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

लोडसेडिङ हटाएर नेपाललाई उज्यालो बनाउछु: मन्त्री शर्मा

२०७३, ९ पुष शनिबार ११:२४


पुस ९, सिन्धुली । ऊर्जामन्त्री जनार्दन शर्माले लोडसेडिङ हटाएर अब नेपाललाई उज्यालो नेपाल बनाउने अभियानमा आफू लागिपरेको बताएका छन् । 

प्रेस सेन्टर नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री शर्माले अब लोडसेडिङको तालिका नबनाउने र ‘बत्ती कतिबेला आउछ’ भनेर तालिका हेर्ने दिनको अन्त्य हुन लागेको बताए । 

मन्त्री शर्माले नेपालको पानीमा जनताको लगानी भए नेपाल चाँडै समृद्ध हुने बताउँदै नेपालको व्यापार घाटा, बेरोजगारी र गरिबीलगायतका समस्या नेपालको पानीको सदुपयोग गरे मात्रै समाधान हुने धारणा व्यक्त गरे । 

नेपालका धेरै जलाशय त्यतिकै बगेर गइरहेको भन्दै उनले  लगानीको सुरक्षा गर्ने हो भने खेर गएको पानीको सदुपयोग भई नेपाल समृद्ध राष्ट्र बन्ने भएकाले यस कार्यमा लाग्न सम्बन्धित सबै पक्षसंग आग्रह गरे । 

मन्त्री शर्माले जनताले परिर्वतनको महसुस गर्ने गरी सरकारले काम गरिरहेको चर्चा गर्दै उज्यालो नेपाल बनाउनका लागि पूर्वधार निमार्ण र ऊर्जा क्षेत्रका सङ्कट समाधानतर्फ आफू लागेकाले यसमा जनताको सहयोग पाउने बताए । 

सरकारले सबैको सहमतिमा संविधान संशोधनको प्रस्ताव पेस गरेको भए पनि प्रतिपक्षले सहयोग नगर्दा संविधान कार्यान्यवनमा समस्या आएको बताउँदै उनले देशको विकासका लागि प्रमुख तीन दल मिल्नुको विकल्प नभएको बताए । 

मन्त्री शर्माले राजनीतिक स्थिरता बिना मुलुकको विकास र परिवर्तन सम्भव नहुने भएकाले यस विषयमा दलहरु गम्भीर बन्नुपर्ने बताउँदै मुलुकमा बसोवास गर्ने सबै समुदाय र क्षेत्रको एकताले मात्र स्थिरता आउने धारणा व्यक्त गरे । 

खिम्ती ढल्केवर २२० केभि प्रशारण लाइनको निरीक्षण तथा ‘कोखाजोर हाइड्रो पावर’को सम्भाव्यता अध्ययनका लागि आफूले स्थलगत अवलोकन गर्ने पनि उनले बताए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ