Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष ११ गते, बिहान १०:३५ बजे
दाङ्ग - DNG

गौ हत्याको विरोधमा भोली मंगलबार एक दिने दाङ सहित मध्यपश्चिम बन्दको घोषणा

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

<h5><br><img src="http://sajhasabal.com/uploads/posts/fa34669294c20a2abf6b32884b32faa21482748484.jpg" style="width: 100%;">सन्तोषकुमार गुप्ता । दाङ ११ पुस ।&nbsp;कैलालीमा १ सय २० वटा गाईगोरु मारेको बिरोधमा विभिन्न एक दर्जन बढी हिन्दुबादी संगठनहरुले भोलि मंगलबार एक दिने दाङ सहित मध्यपश्चिम क्षेत्रमा आमहडतालको आह्वान गरेका छन् । धार्मिक स्थल कैलालीको गोदावरी वनमा १ सय २० वटा गाईगोरु मृत अवस्थामा भेटिए पछि हिन्दुबादी संगठनहरुले बन्द आह्वान गरेका हुन् । &nbsp; &nbsp; &nbsp;हिन्दु जागरण नेपाल दाङ, ब्रामहण समाज दाङ, हिन्दु जागरण महिला संघ, हिन्दु जागरण बिद्यार्थी संगठन, कौशधन विरादरी सेवा समाज, पाण्डबेश्व मन्दीर धारपानी, अम्बिकेश्वरी मन्दिर अम्बापुर लगाएतका १२ वटा धार्मिक संस्थाहरुले गौ हत्याको बिरोधमा मंगलबार दाङ बन्दको आह्वान गरेका हुन् । ती १२ वटा संगठनहरुले सोमबार संयुक्तरुपमा बिज्ञप्ती जारी गरि गौ हत्याको बिरोध र उक्त घटनाको छानबिन गर्न सरकारलाई दवाव दिने उदेश्यले बन्द आह्वान गरिएको विज्ञप्तीमा उल्लेख गरेका छन् ।&nbsp;<br>भोली एक दिनका लागि एम्बुलेन्स, प्रेस, सुरक्षाकर्मीका गाडीहरु बाहेक अन्य बजार, कलकारखाना, उद्योग, यातायातका साधन सबै बन्द रहने पनि विज्ञप्तीमा उल्लेख छ । कञ्चनपुरको बेदकोट नगरपालिकाले छाडा गाइगोरु व्यवस्थापन गर्ने भन्दै ति गाईगोरुलाई गोदावरी पु(याएको स्वीकार गरेको छ । तर एक सय २० गाईगोरु मरेका भेटिएका छन भने अन्य करिब एक सय गाईगोरु पुरेको अनुमान स्थानिहरुले गरेका छन् ।</h5>