Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष १३ गते, बिहान ७:१४ बजे
काठमाडौँ - KTM

संविधान कार्यान्वानमा एमाले जिम्मेवार बन्नुपर्छ: पूर्व मन्त्री पुन

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १३, रुकुम । पूर्व आपूर्ति मन्त्री एवम् सांसद गणेशमान पुनले संविधान कार्यान्वानमा देखिएको जटिलता अन्त्य गर्नु अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभएको छ । 

आफ्नो निर्वाचन क्षेत्रमा भइरहेका विकास निर्माणको अवस्थालाई निरीक्षण गर्न रुकुम पुग्नुभएका सांसद पुनले अहिलेको जटिलतालाई अत्य गर्न नेकपा एमाले जिम्मेवार बन्नुपर्ने बताउनुभएको हो । 

संविधान कार्यन्वयन हुन नदिनको लागि आन्तरिक तथा बाह्यशक्ति लागिरहेकाले ठूला दल एक हुनुपर्ने सांसद पुनको भनाइ थियो । 

नेकपा ९माओवादी केन्द्र०का सचिवालय सदस्यसमेत रहनुभएका पुनले आन्दोलनका उपलब्धिलाई संस्थागत गर्न र नयाँ संविधान कार्यान्वयन गर्न सबै दल एक ठाउँमा आउनुको विकल्प नरहेको समेत बताउनुभो । 

अहिलेको प्रमुख जिम्मेवारी भनेको संविधान कार्यान्वयन भएकाले सरकार त्यसैअनुसार अगाडि बढेको छ भन्नुभयो । 

आर्थिक अभावमा कतिपय विकासका आयोजनाहरु बीचमै रोकिने अवस्थामा पुगेको भन्ने स्थानीयवासीको गुनासोमा उहाँले त्यसका लागि आफूले व्यवस्था गर्ने प्रतिवद्धता जनाउनुभयो । रासस