Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष १३ गते, बिहान ९:३८ बजे
काठमाडौँ - KTM

निर्वाचनको मिति घोषणा गर्ने माओवादी निष्कर्ष

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १३, काठमाडौँ । नेकपा (माओवादी) केन्द्रले स्थानीय तह वा निकायको निर्वाचनको मिति तत्कालै घोषणा गरेर जानुपर्ने निष्कर्ष निकालेको छ ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बुधबार बसेको बैठकले निर्वाचन र संविधान संशोधनको विषयमा राजनीतिक छलफल जारी राख्दै सहमतिको प्रयास गर्ने निर्णय गरेको छ ।

सहमति नभएको अवस्थामा संसदीय प्रक्रियाका माध्यमद्वारा संविधान संशोधन र स्थानीय निर्वाचनबारे ठोस निर्णय लिने सहमति भएको पार्टी प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

बैठकमा संविधान संशोधन, स्थानीय निर्वाचन, अख्तियार दुरुपयोग अनुसनधान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावलगायतका विषयमा छलफल भएको प्रवक्ता भुसालले जानकारी दिइन् ।

बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक अवस्थाबारे नेतालाई जानकारी गराएका थिए । रासस