Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

संसद बैठक लगातार ११ औं पटक स्थगित

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:


पुस १४, काठमाडौं । नेकपा एमालेसहितका विपक्षी ९ दलले गरेको अवरोधका कारण ब्यवस्थापिका संसदको बैठक लगातार ११ औं पटक स्थगित भएको छ । 

सरकारले गत मंसिरि १४ गते संविधान संशोधन विधेयक संसदमा दर्ता गराएपछि त्यसयता संसदको बैठक चल्न सकेको छैन । सरकारले दर्ता गरेको संशोधन विधेयक फिर्ता लिनुपर्ने माग गर्दै एमालेसहितका विपक्षी दलले ८ पटक संसद अवरुद्ध गरेका छन् भने तीन पटक सूचना टाँस गरेर स्थगित गरिएको छ । 

मंसिर १६ गतेदेखि विपक्षी दलहरुले संसद अवरुद्ध गर्दै आएका छन् । विहीबारको बैठक पनि विपक्षीले अवरुद्ध गरेपछि स्गगित गरिएको हो । 

विपक्षीहरुको अवरोधले संशोधन विधेयक संसदमा टेवल हुन सकेको छैन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोगमाथिको छलफलसमेत प्रभावित हुँदै आएको छ ।