पुस १४, काठमाडौँ । पूर्व सांसद मञ्च, नेपालले संविधानले व्यवस्था गरेअनुसार तीन तहको निर्वाचन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

मञ्चले बिहीवार पत्रकार सम"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पुस १४, काठमाडौँ । पूर्व सांसद मञ्च, नेपालले संविधानले व्यवस्था गरेअनुसार तीन तहको निर्वाचन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

मञ्चले बिहीवार पत्रकार सम"/>

2026-06-26 12:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

तोकिएको मितिमै तीन तहको निर्वाचन गर्न पूर्व सांसद मञ्चको माग

2016-12-29

पुस १४, काठमाडौँ । पूर्व सांसद मञ्च, नेपालले संविधानले व्यवस्था गरेअनुसार तीन तहको निर्वाचन गर्न नेपाल सरकारसँग माग गरेको छ ।

मञ्चले बिहीवार पत्रकार सम्मेलनको आयोजना गरी नेपालको संविधानको धारा २९६ ले गरेको व्यवस्थाअनुसार रुपान्तरित व्यवस्थापिका–संसद्को कार्यकाल २०७४ साल माघ ७ गतेसम्म मात्र भएको हुँदा सो समयभित्र तीनै तहको निर्वाचन गर्न माग गरेको हो ।

मञ्चले निर्वाचन गर्न संविधानको धारा २६८ बमोजिम दलीय राजनीतिबाट अलग प्रविधिज्ञहरु रहेको निर्वाचन क्षेत्र निर्धारण आयोग अविलम्ब गठन गर्ने गरी निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कानुन तुरुन्त निर्माण गर्न माग गरेको छ ।

संविधान संशोधन विधेयक असंवैधानिक भनिदिँदा सदनदेखि सडकसम्म अन्योल र अनिश्चितताको तरङ्ग नै फैलिएको र पार्टी–पार्टीबीच तथा पार्टीभित्र पनि धु्रवीकरण बढ्दै गइरहेको हुँदा सो विधेयकलाई स्थगन गरी निर्वाचनको मिति घोषणा गर्नुपर्ने मञ्चले बताएको छ ।

त्यसैगरी, संविधानको धारा २९३ ९३० बमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या र सिमाना निर्धारण आयोगले सरकारलाई प्रतिवेदन बुझाउन लागेको हुनाले त्यसलाई ग्रहण गरी अधिकतम सहमतिका आधारमा निर्वाचनको मिति घोषणा गर्न मञ्चले ध्यानाकर्षण गराएको छ ।

संविधान संशोधन विधेयक असंवैधानिक भनिदिँदा सदनदेखि सडकसम्म अन्योल र अनिश्चितताको तरङ्ग नै फैलिएको र पार्टी–पार्टीबीच तथा पार्टीभित्र पनि धु्रवीकरण बढ्दै गइरहेको हुँदा सो विधेयकलाई स्थगन गरी निर्वाचनको मिति घोषणा गर्नुपर्ने मञ्चले बताएको छ ।

मञ्चका अध्यक्ष ओमकारप्रसाद श्रेष्ठले संविधान संशोधनको विवादित विषयलाई थाती राखेर तीन तहको निर्वाचन गराउन सरकारसँग माग गर्नुभयो ।

मञ्चले संविधान संशोधनको विषय असंवैधानिक भएको भन्दै सभामुख ओनसरी घर्तीको ध्यानाकर्षण गरेको छ भने सर्वोच्च अदालतमा समेत रिट निवेदन दायर गरेको छ । सर्वोच्चले दुवै पक्षलाई छलफलका लागि यही पुस १७ गते बोलाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ