Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ पुष १८ गते, बिहान ६:५५ बजे
काठमाडौँ - KTM

प्रमुख तीन दलको बैठक निष्कर्षविहीन

k By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १८, काठमाडौं । राजनीतिक गतिरोध अन्त्य गर्न आज बसेको प्रमुख तीन दलको बैठक निष्कर्षविहीन भएको छ । 

सिंहदरवारमा बसेको बैठकमा शीर्ष नेताहरु आ-आफ्नै अडानमा रहेपछि सहमति हुन नसकेको बैठकमा सहभागी नेताहरुले बताएका छन् । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव फिर्ता लिनुपर्ने अडान दोहोर्‍याएका थिए । 

उनले बैठकपछि पनि पत्रकारहरुसँग कुरा गर्दै संशोधन प्रस्ताव फिर्ता भए सहमति हुने बताए । यसैगरी नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सहमतिको प्रयास जारी राख्ने बताए ।