Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ फाल्गुण २२ गते, दिउँसो १२:४६ बजे
प्युठान - PTN

शक्तिमा भएको व्यक्तिले नै भष्टाचार गर्छ: न्यौपाने

k By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

सागर शर्मा/फागुन २२, प्युठान । शक्तिमा भएको व्यक्तिले नै भष्टाचार गर्ने गरेको  माननिय जिल्ला न्याधिस वासुदेव न्यौपानेले वताउनु भएको छ । 

आईतवार खंलगामा आयोजित भष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व विषयक अन्र्तक्रियात्मक गोष्ठिमा वोल्दै सामाजिक मुल्यमान्यताले नै भष्टाचार मौलाएको  वताउनुभयो । भष्टाचार नियन्त्रण गर्नको लागी काम गर्ने व्यक्तिनै सजक हुनुपर्ने वताउनु उहाको भनाइ छ । 

राष्टिय सतर्कता केन्द्र सिंहदरवार काठमान्डौको आयोजना र जिल्ला प्रशासन कार्यालय प्युठानको सहआयोजनामा भएको गोष्ठिमा राष्टिय सर्तकता केन्द्रको परिचय र भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व विषयमा राष्टिय सतर्कता केन्द्रका उपसचिव डालानाथ अर्यालले भ्रष्टाचारको बस्तुस्थिती, भ्रष्टाचारको कसुर, भ्रष्टाचार हुनसक्ने क्षेत्रहरु, भ्रष्टाचार हुनुका कारणहरु, भ्रष्टाचारले सृजना गर्ने असरहरु, भ्रष्टाचार न्युनीकरणका लागि राज्यले गरेका प्रयासहरु को वारेमा  जानकारी गराउनु भएको थियो त्यस्तै राष्टिय सर्तकता केन्द्रका शा.अ. मनमायाँ भट्टराईले नागरिक वडापत्र भनेको के हो ?, यस्को कानुनी प्रावधान, यस्का आधारभुत तत्वहरु, इतिहास, क्षतिपूर्ति दावी सम्बन्धी व्यवस्थाको वारेमा सहजीकरण गर्नुभएको थियो । 

 स्थानिय विकास अधिकारी इन्द्र प्रसाद बस्यालको अध्यक्षता, माननिय जिल्ला न्यायधिस वासुदेव न्यौपानेको प्रमुख आथिथ्यता , प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलको विशेष आथिथ्यतामा सम्पन्न भएको गोष्ठिमा विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनीधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनीधि, नागरिक समाज, पत्रकार लगाएतको उपस्थित रहेको थियो ।