2026-06-28 03:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जनता आवास कार्यक्रम उपत्यकाबाहिरका ७२ जिल्लामै विस्तार गरिँदै

2017-03-28


चैत १५, काठमाडौं । यो वर्षसम्म ५२ जिल्लालाई कभर गरेको जनता आवास कार्यक्रम आगामी वर्षदेखि काठमाडौँ उपत्यकाबाहिरका ७२ जिल्लामै पु¥याइने भएको छ । 

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले चैत्र १५ गते जनताआवास कार्यक्रमसम्बन्धी अन्तरमन्त्रालय समन्वय बैठकको अध्यक्षतागर्दै निर्देशनस्वरुप ७२ जिल्लाका २५ हजार परिवारलाई घरबास निर्माणअघि बढाउने र सोही अनुरुपको बजेट बनाउन निर्देशन दिएका छन् । 

जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउन जग्गानै नभएका  लक्षित जनतालाई जग्गा उपलब्ध गराउन र सम्भव नभए जग्गा खरिदका लागि १ लाख उपलब्ध गराउन पनि मन्त्री केसीलेनिर्देशन दिएका छन् ।

आफै घर बनाउन नसकेका दलित, जनजाति, मुसलमान, संकटापन्न, लोपोन्मुख र अल्पसंख्यक, पछाडि परेका जाति र समुदायलाई २०६६/६७ देखि सरकारले सुरक्षितआवासको व्यवस्थागर्दै आएको छ ।अतिविपन्न, असहाय, असक्त, बृद्धबृद्धा, अनाथबालबालिका, एकलमहिलाजस्ता घरमूलीजनताआवास कार्यक्रमको घरका लाभग्राही रहेकाहरूलाई सबभन्दा बढी प्राथमिकतामा राख्न पनि बैठकको जोड थियो । यस्ता आवास गृहमा शौचालयको व्यवस्था पनि हुनुपर्ने अनिवार्यता कार्यविधिले तोकेको छ । शौचालयनिर्माण नहुन्जेल घर निर्माण भए पनि कार्यविधिले काम पूरा भएको मान्दैन ।

चालु आर्थिक वर्षका लागि २२ हजार परिवारका लागि जनताआवास कार्यक्रमल्याउने लक्ष्य राखिएको र यो वर्ष सम्पन्न गर्नुपर्ने ३ हजार घर निर्माणको कार्य पूरा गर्न जनताआवास कार्यक्रमकार्यविधि नै कतिपय सन्दर्भमा बाधक बनेको तीतो अनुभवलाई दृष्टिगत गर्दै यसको न्यायोचित संशोधनहुनुपर्ने कुरामाअधिकांश सहभागिहरूले विचार व्यक्त गरेका थिए । उक्तकार्यविधिले कतिपय सन्दर्भमा व्यवधान पु¥याएकोमा कार्यविधिलाई संशोधन र परिमार्जन गरी लचिलो र ब्यावहारिक बनाउन एवं जनता आवाससम्बन्धी अनुगमन समितिलाई प्रभावकारी बनाउन कार्यालयको व्यवस्थाका लागि समेत मन्त्री केसीले निर्देशन दिएको जनता आवास योजना केन्द्रिय समन्वय समितिका सदस्य सुशिल भट्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी