Skip to content
Monday, July 20, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७४ असोज ०७ गते, बिहान ८:२१ बजे
पर्सा - PRS

पर्सा छिपहरमाई गाउँपालिकामा माओवादी विजयी

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ७, पर्सा (रासस) । पर्सा छिपहरमाई गाउँपालिकाको अध्यक्षमा (माओवादी केन्द्र)का मनोजकुमारले दुई हजार ८५१ मत प्राप्त गरी विजयी हुनुभएको छ । 

उहाँका निकटतम प्रतिद्वन्द्वी संघीय समाजवादी फोरम नेपालका इन्द्रासन साह कलवारले दुई हजार ६९४ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत नरेन्द्रराज पौडेलले जानकारी दिनुभयो । 

त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकै मोदिना खातुनले दुई हजार ८३१ मत प्राप्त गरी विजयी हुनुभएको छ ।