भदौ २०, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकाले संशोधन गर्न सकिने तर मनपरी भने गर्न नसकिने ब"/>
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकाले संशोधन गर्न सकिने तर मनपरी भने गर्न नसकिने ब"/>
२०८३, २० जेष्ठ बुधबार
काठमाडौँ - KTM

संबिधान संशोधन गर्न सकिन्छ, मनपरी गर्न पाइदैन: ओली

२०७३, २० भाद्र सोमबार ०८:००

भदौ २०, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकाले संशोधन गर्न सकिने तर मनपरी भने गर्न नसकिने बताएका छन् ।

स्वास्थ्य परिक्षणका लागि एक साताअघि थाइल्यान्ड गएका एमाले अध्यक्ष ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने- 'संविधान संशोधन हुनसक्छ । एकपटक संशोधन भई पनि सकेको छ,' ‘तर संविधान संशोधन चाहनेहरुको माग के हो प्रष्ट छैन । माग उचित भए संशोधन हुनसक्छ ।’

संविधान संशोधनबारे आफूहरुसँग कुनै छलफल सम्म नभएको बताउँदै ओलीले थपे –‘संशोधनबारे अखबवारी हल्लाको भरमा बोल्न आवश्यक छैन । कुनै दवाव वा बहकावमा लागेर लोकतन्त्रलाई अप्ठ्यारो पर्नेगरी कसैको स्वार्थका लागि संशोधन गर्ने कुरा होइन ।’

 ओलीले आफू स्वस्थ्य रहेको बताउँदै भने,- ‘म स्वस्थ्य परिक्षणको लागि थाइल्यान्ड गएको हुा । पित पत्रकारिता गर्नेहरुले म र को एजेन्टलाई भेट्न गएको भनेर पनि प्रचार गरे । त्यसको म खण्डन गर्छु ।’

उनले वर्तमान प्रचण्ड नेतृत्वको सरकारको कुनै समिक्षा गर्न आवश्यक नभएको समेत बताए । उनले हाँस्दै भने, ‘सरकारको समिक्षा मैले किन गर्नु, मबाहेक अरुले गर्न हुँदैन ?।’ उनले आफू स्वस्थ्य भएर फर्किएको भन्दै बाँकी जीवन संविधान कार्यान्वयनका साथै देशको र पार्टीको लागि खर्चिने बताए । गत भदौ ९ गते थाइल्याण्ड गएका ओलीले बैंककको बुमरुङगार्य अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा