Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७३ भदौ २० गते, बिहान ८:०० बजे
काठमाडौँ - KTM

संबिधान संशोधन गर्न सकिन्छ, मनपरी गर्न पाइदैन: ओली

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २०, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान गतिशिल दस्तावेज भएकाले संशोधन गर्न सकिने तर मनपरी भने गर्न नसकिने बताएका छन् ।

स्वास्थ्य परिक्षणका लागि एक साताअघि थाइल्यान्ड गएका एमाले अध्यक्ष ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने- ‘संविधान संशोधन हुनसक्छ । एकपटक संशोधन भई पनि सकेको छ,’ ‘तर संविधान संशोधन चाहनेहरुको माग के हो प्रष्ट छैन । माग उचित भए संशोधन हुनसक्छ ।’

संविधान संशोधनबारे आफूहरुसँग कुनै छलफल सम्म नभएको बताउँदै ओलीले थपे –‘संशोधनबारे अखबवारी हल्लाको भरमा बोल्न आवश्यक छैन । कुनै दवाव वा बहकावमा लागेर लोकतन्त्रलाई अप्ठ्यारो पर्नेगरी कसैको स्वार्थका लागि संशोधन गर्ने कुरा होइन ।’

 ओलीले आफू स्वस्थ्य रहेको बताउँदै भने,- ‘म स्वस्थ्य परिक्षणको लागि थाइल्यान्ड गएको हुा । पित पत्रकारिता गर्नेहरुले म र को एजेन्टलाई भेट्न गएको भनेर पनि प्रचार गरे । त्यसको म खण्डन गर्छु ।’

उनले वर्तमान प्रचण्ड नेतृत्वको सरकारको कुनै समिक्षा गर्न आवश्यक नभएको समेत बताए । उनले हाँस्दै भने, ‘सरकारको समिक्षा मैले किन गर्नु, मबाहेक अरुले गर्न हुँदैन ?।’ उनले आफू स्वस्थ्य भएर फर्किएको भन्दै बाँकी जीवन संविधान कार्यान्वयनका साथै देशको र पार्टीको लागि खर्चिने बताए । गत भदौ ९ गते थाइल्याण्ड गएका ओलीले बैंककको बुमरुङगार्य अन्तर्राष्ट्रिय अस्पतालमा स्वास्थ्य परीक्षण गराएका थिए ।