Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
राजनीति

काठमाडौंको चन्द्रागिरीमा प्रहरी र लुटेरावीच दोहोरो भिडन्त

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौं २३, काठमाडौं | काठमाडौंको चन्द्रागिरीमा आज बिहान लुटेरा समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । भिडन्तका क्रममा दुवैतर्फबाट गोली हानाहान भएको थियो । 

चन्द्रागिरी नगरपालिका १ चिहानडाँडामा सुमोमा रहेका लुटेरा समूह र प्रहरीबीच आज बिहान सबेरै दोहोरो झडप भएको हो । लुटेरा समूहसँगको भिडन्तमा प्रहरी र लुटेराहरुबीच २/२ राउण्ड गोली फायर भएको तर  दुवै पक्षबीच कुनै क्षति नभएको प्रहरीले जनाएको छ । 

प्रहारीको अनुसार लुटेराहरुले चिहानडाँडामा बा १ ज ३९४८ नम्बरको सुमो र त्यसभित्र बन्द अवस्थामा रहेको सेफ छाडेर जंगलतिर भागेका छन् । एका बिहानै काठमाडौंबाट सुमो मातातीर्थतर्फ लागेपछि स्थानीय प्रहरीले त्यसको पिछा गरेको थियो ।

प्रहरीले जंगललाई घेरा हालेर सर्च अप्रेसन चलाइएको छ।