Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
काठमाडौँ - KTM

काठमाडौँ र ललितपुरको विभिन्न निजि विद्यालयहरुमा बम भेटियो

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज ४, काठमाडौं । राजधानीका विभिन्न निजि विद्यालयमा मंगलबार विहान बम फेला परेको छ ।

बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिष्फोट भएको बौद्ध प्रहरीले जनाएको छ । प्रहरीको अनुसार बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्रको पर्चा भेटिएको छ । मनोकामना स्कुलमा आज बिहान ३ः४५ बजे केही पड्किएको आवाज स्थानीयले सुनेका थिए । 

बम कसले राख्यो भन्ने एकिन नभएपनि विष्फोटमा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । विष्फोट भएको स्थानमा फेला परेका पर्चामा नीजि विद्यालयहरुले आफ्ना मागहरु सम्बोधन नगरेको उल्लेख गरिएको छ ।

उता राजधानीकै बौद्धस्थित राई स्कुल र इस्टपोल स्कुलमा शंकाष्पद बस्तु फेला परेहको छ । त्यस्तै उता ललितपुरको  रेडियन्ट स्कुलमा प्रेसरकुकर बम भेटिएको प्रहरीले जनाएको छ । यता डल्लु स्थित कञ्चजजंघा स्कुलमा पनि बम राखिएको हल्ला छ ।

शंस्कास्पद बस्तु रहेका विद्यालयमा सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय बनाउने प्रयास गरिरहेको छ । 

भेटिएको पर्चामा  वार्षीक २ लाख ४० हजार भन्दा कम आय भएका नागरिकका बालबालिकालाई निजी विद्यालयमा निशुल्क पढाउन, नीजि विद्यालयले सरकारी पाठ्यपुस्तक अनुसार अध्ययन अध्यापन गराउनुपर्ने, विद्यालयले तोकेको स्थानबाट मात्र ड्रेस पुस्तक लगायत सामाग्री ल्याउने पर्ने अवस्था अन्त्य गर्न माग गरेको छ । 

प्रहरीले योङ कम्युनिस्ट फोर्स नेपालका केही व्यक्तिलाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।