पढ्न करिब 1 मिनेट लाग्छ

असार १५, काठमाडौँ | कर्मचारी कुटपिटको विरुद्ध अदालतका कर्मचारीहरूले असार १७ गते बिहान १० बजेदेखि १ः३० बजेसम्म पेन डाउन गर्ने भएका छन् । ललितपुर जिल्ला अदालतका सुब्बा प्रेमिका सुब्बामाथि वकिलबाट कुटपिट भएपछि कर्मचारीले विरोध गर्दै पेन डाउन गर्न लागेका हुन् ।

असार १५ गते विभिन्न चार वटा सङ्घ सङ्गठनले संयुक्त विज्ञप्ति जारी गर्दै कुटपिटको घटनाको विरोध गर्दै आइतबार बिहान १० बजेदेखि अपराह्न १ः३० बजेसम्म पेन डाउन गर्ने जनाएका हुन् । विज्ञप्तिमा कर्मचारीमाथि कुटपिट गर्ने कानुन व्यवसायी अमिर लामिछानेलाई कानुन बमोजिम कारबाहीको माग समेत गरिएको छ ।

संयुक्त विज्ञप्तिमा कार्यकक्षभित्रै कर्मचारी कुटपिट गर्ने कानुन व्यवसायीलाई रिहाइ गर्न उच्च अदालत बार ललितपुरले विज्ञप्ति निकालेको भन्दै आपराधिक घटनालाई बारले प्रोत्साहन गर्नु अत्यन्त दुःखद र भर्त्सना योग्य रहेको भन्दै बिराेध गरेको छ । त्यसैगरी कर्मचारीको सुरक्षाको ग्यारेन्टी गर्न पनि सर्वोच्च अदालत प्रशासनको ध्यानाकर्षण गराएको छ ।

यस्तो छ, ट्रेड युनियनहरूको संयुक्त विज्ञप्ति :