पढ्न करिब 1 मिनेट लाग्छ

असोज १७, कपिलवस्तु | कपिलवस्तुको वाणगंगामा एकै घरका दुई बालिकालाई सर्पले डस्दा एकको मृत्यु भएको छ । अर्को एक जनाको अवस्था गम्भीर रहेको छ ।

वाणगंगा नगरपालिका- ९ भलवाड जिनुवास्थित मोतीलाल क्षेत्रीका छोरीहरु ३ वर्षीय रीतिका र ८ वर्षीय इशिकालाई मंगलबार राति सर्पले डसेको थियो ।

वाणगंगा नगरपालिका- ९ का वडाध्यक्ष कमल पौडेलले गोरुसिंगेस्थित सर्पदंश उपचार केन्द्रमा उपचार हुन नसकेपछि बुटवल पठाइएकोमा बहिनीको मृत्यु भएको र दिदीको अवस्था चिन्ताजनक रहेको बताए ।

लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएका रीतिकाको उपचारको क्रममा मृत्यु अस्पतालका सूचना अधिकारी डा. नेत्रबहादुर रानाले जानकारी दिए । इशिकाको भने भेण्टिलेटरमा राखेर उपचार भइरहेको उनले बताए ।

एक जनाको कान र अर्कोको हातमा सर्पले डसेको बताइएको छ ।