Skip to content
Thursday, July 16, 2026 Nepali Online Media
December 6, 2023 समाज

एनसेललाई कठघरामा उभ्याउन नसक्नुमा प्राधिकरणका अध्यक्षले देखाए यी कारण

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>मङ्सिर २०, काठमाडौँ |</b> दूरसञ्चार सेवाको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियटालाई कानूनी कठघरामा उभ्याउन कानूनी अप्ठ्यारो रहेको बताएको छ । अर्थ समिति बैठकमा प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सीईओलाई कानूनको दायरामा ल्याउन कानून नभएको प्रष्टीकरण दिए ।<br></p><p>समिति सदस्यको सवालको जवाफ दिँदै खनालले कानून बनाउन खोज्दा पनि संसदबाट ड्राफ्ट फर्काइएको बताएका छन् । शेयर खरिदबिक्री प्रक्रिया रोक्न कम्पनी रजिस्ट्रार कार्यालयमा पत्राचार गर्दा रोक्न नमिल्ने जवाफ पठाएको उनले सुनाए ।</p><p>बैठकमा उनले एनसेलको शेयर बिक्री र मूल्यमा पनि चलखेल भएको बताए ।</p>